कांग्रेसका ‘सात भाइ’को बैठक प्रकाशमान सिंह निवास चाक्सिबारीमा
सारांश
- नेपाली कांग्रेसका 'सात भाइ' को बैठक उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवासमा सुरु भयो।
- बैठकमा पूर्व उपसभापति र महामन्त्रीहरुको उपस्थिति रहेको थियो।
- उनीहरुले महाधिवेशनमा छुट्टै समीकरण बनाउने र सातै प्रदेशमा अन्तर्क्रिया गर्ने तयारी गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका ‘सात भाइ’ को बैठक उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री रहेका नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा सुरु भएको छ ।
बैठकमा पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्व महामन्त्रीहरू कृष्णप्रसाद सिटौला, सिंह र डा.शशांक कोइराला छन् । त्यस्तै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि बैठकमा सहभागी भएको सिंहको सचिवालयले जानकारी दिएको छ ।
यी सात नेताहरूको बैठक यसअघि श्रेष्ठ र कोइराला निवासमा बसिसकेको छ । आज सिंहले संयोजन गरेर बैठक बोलाएका हुन् ।
महाधिवेशनमा छुट्टै समीकरण गर्ने गरी उनीहरूले बैठक गर्दै आएका छन् । एक नेताका अनुसार उनीहरूले सातै प्रदेशमा महाधिवेशन केन्द्रित अन्तक्रिया गर्ने तयारी गरेका छन् । त्यसको तयारीका लागि बैठक बोलाइएको हो ।
बैठकमा सात भाइका तर्फबाट महाधिवेशनमा एउटा प्यानल बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण