बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ढाकाको विद्यालय भवनमा विमान खस्यो, कम्तीमा एक जनाको मृत्यु

सोमबार, ०५ साउन २०८२, १४ : ४२
सोमबार, ०५ साउन २०८२

सारांश

  • बंगलादेशको ढाकामा वायु सेनाको एफ७ विमान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
  • विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको थियो, र उद्धार कार्य जारी छ।
  • सामाजिक सञ्जालमा घाइतेहरुको उद्धार गरिएको भिडियोहरू देखिएका छन् र उनीहरूलाई अस्पताल लगिएको छ।

ढाका । बंगलादेशमा वायु सेनाको एफ७ विमान राजधानी ढाको उत्तरामा सोमबार दुर्घटना भएको छ । विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको हो ।

सरकारी अधिकारीहरूले घटनामा कम्तीमा एक जनाको मृत्यु भएको जानकारी दिएका छन् । हाल उद्धारको काम जारी रहेको छ ।

अग्नि नियन्त्रण सेवाको कन्ट्रोल रुममा ड्युटी अफिसर लिमा खनामले स्थानीय समयअनुसार १ बजेर १८ मिनेट जाँदा दुर्घटनाबारे पहिलो जानकारी आएको बताए ।

सामाजिक सञ्जालमा साझा गरिएको भिडियोहरूमा धेरै मानिसहरुलाई घाइते अवस्थामा उद्धार गरिएको देखिएको छ । उनीहरूलाई उत्तरा आधुनिक हस्पिटल लगायत अन्य अस्पतालमा लगिएको छ ।

डेप्युटी कमिस्नर अफ पुलिस मुहिदुल इस्लामले एउटा प्रशिक्षण विमान दुर्घटना भएको र हाल उद्धार कार्य जारी रहेको जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप