राधिकाको नयाँ गीत ‘फूल फुल्यो फक्रियो’ सार्वजनिक
सोमबार, ०५ साउन २०८२, १४ : ४९
काठमाडौंँ । गीतकार, कवि तथा सञ्चारकर्मी राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ बजारमा आएको छ । गायिका तारा अधिकारीको स्वर रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । गीतको संगीत योजना संविन सुवेदीले गरेका हुन् ।
गीतमा जीवन, मानविय संवेदना र समाजप्रति उत्तरदायी विषयमा शब्द समेटिएका छन् । बिन्ध्यबासिनी म्युजिकबाट बजारमा आएको गीतको म्युजिक भिडियोमा मोडल स्मारिका ढकाल र नव नायक सागर खनालले अभिनय देख्न सकिन्छ । भिडियोमा ढकाल र खनाल प्रेमिल जोडीको रूपमा देखिएका छन् ।
गीतको म्युजिक भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् । भूपेन्द्र थापा मगरको छायांकन रहेको भिडियोका सम्पादक माधव बेलबासे हुन् । गीतकार अधिकारीका यसअघि दर्जन बढी गीत सार्वजनिक भएका छन् । उनका गीतले सामाजिक मुद्धा उठाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण