नेपाल र भारतबिच पाँच वटा परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कार्यान्वयन गरिने पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारी पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ ।
काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित परियोजना कार्यान्वयन निकायबिच समझदारी भएको हो ।
कुल अनुमानित लागत करिब ३९ करोड रुपैयाँ रहेको यी परियोजनाहरू अन्तर्गत विभिन्न स्थानमा विद्यालय र अस्पताल भवन निर्माण गरिनेछ ।
ती परियोजनाहरूमा धनुषाको बटेश्वर गाउँपालिका–३ मा श्री जनशक्ति माध्यमिक विद्यालय भवन, पर्साको पोखरिया नगरपालिकामा श्री महोवनी पद्म माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकामा श्री बासुकी माध्यमिक विद्यालय, बाराको प्रसौनी गाउँपालिका–२ मा बेंगा साह माध्यमिक विद्यालय भवन, छात्रावास तथा पुस्तकालय र मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शैयाको अस्पताल भवन छन् ।
यी सबै परियोजनाहरू स्थानीय तहको सहकार्यमा कार्यान्वयन गरिनेछन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्वाधार विस्तार गर्ने उद्देश्यले अघि बढाइएका यी योजनाले स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालभर ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ, जसमा ४९६ परियोजना पूरा भइसकेका छन्। बाँकी परियोजना कार्यान्वयनको विभिन्न चरणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण