अपडेट
सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
सोमबार, ०५ साउन २०८२, १८ : ३०
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।काठमाडौँ जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ प्रहरीलाई अनुमति दिएको हो ।
अग्रवाल सोमबार टोखाबाट पक्राउ परेका हुन् । उनी विरुद्ध ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
आरोपी विरुद्ध धनुषाको जनकपुर उपमहानरपालिका–१ घर भएर काठमाडौँ बस्दै आएका दिनेशप्रसाद शाहले ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा जाहेरी दिएका छन् ।
‘सेयर मिलाई दिन्छु’ भनेर रकम लिएपछि अग्रवाल सम्पर्क विहीन भएको पीडितको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण