तिलावे नदी किनारको सार्वजनिक जग्गामा गरिएको घेरबारमा तोडफोड
वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १९ विन्दावासिनी स्थित तिलावे नदीको किनारमा सार्वजनिक जग्गाको संरक्षण र हरियाली प्रवर्द्धनका लागि गरिएको घेरबारमा तोडफोड भएको छ ।
महानगरले हालै गाडेको ८० वटा पोलमध्ये ३४ वटा पोल अज्ञात समूहले ढालेको पाइएको हो ।महानगरका वातावरण निरीक्षक प्रकाश ऐरको नेतृत्वमा गएको टोलीले स्थलगत निरीक्षणका क्रममा उक्त तोडफोड भएको फेला परेको हो। गत असार महिनामै करिब ७ बिघा क्षेत्रफल ओगट्ने उक्त सार्वजनिक जग्गामा वृक्षारोपणको तयारी स्वरूप अहिले ८० वटा पोलले घेरबार गरिएको थियो ।
यसअघि सो क्षेत्रको केही भाग केही व्यक्तिहरूले अनधिकृत रूपमा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएका थिए। ती व्यक्तिहरूकै मिलेमतोमा घेरबार तोडफोड गरिएको हुन सक्ने आशङ्का गरिएको छ ।
“सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय सुधारका लागि महानगरले सुरु गरेको वृक्षारोपण अभियानमा नियोजित रूपमा अवरोध पुर्याइएको देखिन्छ,” वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले भन्नुभयो, “यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन महानगरले स्थानीय प्रशासनमा आवश्यक प्रक्रिया सहित उजुरी दर्ता गरिसकेको छ ।”
महानगरले तिलावे नदी किनारको सार्वजनिक जमिनमा दीर्घकालीन योजना अनुरूप वृक्षारोपण गरी हरित क्षेत्रको विकास गर्ने तयारी गरेको थियो । सार्वजनिक हितविरुद्ध हुने यस्ता कार्यलाई कुनै हालतमा स्वीकार नगर्ने महानगरले स्पष्ट पारेको छ ।
यस घटनापछि महानगरले स्थायी निगरानी प्रणालीसहित सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गर्ने तयारीसमेत थालेको छ। साथै, नागरिकलाई सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोगी बन्न र यस्ता गतिविधिको विरोधमा आवाज उठाउन आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
-
उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण