२६ देशद्वारा गाजामा युद्ध रोक्न संयुक्त आह्वान
सोमबार, ०५ साउन २०८२, २२ : २४
सारांश
- इजरायलले गाजाको देइर अल बलाह क्षेत्रमा जमिनी र हवाई आक्रमणलाई तीव्र पारेको छ।
- युरोपेली संघसहित २६ देशले युद्ध रोक्न संयुक्त आह्वान गरेका छन्।
- आईपीसीले गाजामा १५ लाखभन्दा बढी नागरिक भोकमरीको जोखिममा रहेको चेतावनी दिएको छ।
काठमाडौँ। इजरायलले गाजाको देइर अल बलाह क्षेत्रमा जमिनी र हवाई आक्रमण तीव्र बनाउँदै लगेको बेला युरोपेली सङ्घसहित २६ देशले युद्ध तत्काल रोक्न संयुक्त आह्वान गरेका छन्।
बेलायतको विदेश मन्त्रालयले जारी गरेको संयुक्त वक्तव्यमा ती देशहरूले गाजामा बढ्दो मानवीय सङ्कटलाई मध्यनजर गर्दै युद्ध रोकेर शान्ति र राहतको मार्ग खोल्न अपिल गरेका हुन्।
यता, खाद्य सुरक्षा निगरानी संस्था आईपीसीले गाजामा १५ लाखभन्दा बढी नागरिक गम्भीर कुपोषण वा भोकमरीको जोखिममा परेको चेतावनी दिएको छ। इजरायली आक्रमणपछि स्थानीय नागरिकलाई राहत र खाद्यान्न प्राप्त गर्न समेत कठिन भएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण