कुलिङ पिरियड लागू हुनैपर्छ : कांग्रेस प्रवक्ता महत
मङ्गलबार, ०६ साउन २०८२, १२ : ३४
सारांश
- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कुलिङ पिरियडबारे कांग्रेसले सम्झौता नगर्ने बताए।
- राष्ट्रिय सभामा एमाले सांसदहरूले कुलिङ पिरियड हटाउन संशोधन प्रस्ताव राखेका छन्।
- महतले भूमि विधेयक लगायतका विषयमा एकलौटी लाद्न नहुने र गठबन्धन सन्तुलित हुनुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा कांग्रेसले कम्परमाइज गर्न नसक्ने बताएका छन् ।
बीपी स्मृति दिवसमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुलिङ पिरियडमा कांग्रेस अडिग रहेको बताए । राष्ट्रिय सभामा रहेको विधेयकमा अहिले नेकपा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रश्ताव राखेका छन् ।
यसमा काँग्रेसले कम्परमाइज नगर्ने र कुलिङ पिरियड लागू हुनैपर्ने प्रवक्ता महतले बताए । भूमि विधेयक लगायत महत्त्वपूर्ण विषयहरूमा एकलौटी लाद्ने काम स्वीकार्य हुन नसक्ने उनले बताए। गठबन्धन सरकार सन्तुलित किसिमबाट अघि बढ्नुपर्ने बताए ।
प्रवक्ता महतले झुटो बोलिरहेकाहरु नै सत्य हो जसरी समाजमा स्थापित भइरहेको प्रति डा महतले आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण