नेपालले एक वर्षमा गर्यो २३ करोडको यार्सागुम्बा निर्यात
काठमाडौँ । नेपालले एक वर्षमा २३ करोड रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ । नेपालले १० वटा विभिन्न देशमा ५४८ केजी यार्सागुम्बा २३ करोड ७५ लाख ३० हजार रुपैयाँको निर्यात गरेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२को वार्षिक तथ्याङ्क अनुसार चीनमा ३ करोड ८४ लाख ३९ हजारको निर्यात हुँदा सबैभन्दा धेरै हङकङमा १२ करोड ९३ लाख ८१ हजार रुपैयाँको निर्यात भएको हो ।
यस्तै जापानमा ४ लाख ५ हजार रुपैयाँको निर्यात गरेको छ । मलेसियामा ६३ लाख ३४ हजार, रुसमा २ लाख ९५ हजार, सिंगापुरमा १करोड ८८ लाख ४१ हजार, बेलायतमा ५९ लाख ३१ हजार, अमेरिकामा १ करोड ५१ लाख ५ हजारको निर्यात हुँदा थाइल्याण्डमा भने जम्मा ६ हजार रुपैयाँको मात्रै निर्यात भएको हो ।
एक वर्षमा १ अर्ब ५१ लाखको अम्रिसो निर्यात
यस्तै नेपालले गत आर्थिक वर्ष २०८१/०८२ मा एक वर्षमा १ अर्ब बढीको अम्रिसो निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्याङ्क अनुसार १ करोड ५१ लाख केजी अम्रिसो निर्यात भएको हो ।
जसको कुल रकम १ अर्ब १५ करोड ७ लाख रुपैयाँ हुन्छ । नेपालले भारतलाई मात्रै निर्यात गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण