नगरपालिका कार्यालयमा चोरी, सामग्रीसहित पाँच जना पक्राउ
सर्लाही । सर्लाहीको कबिलासी नगरपालिकाको कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट चोरी भएका कम्प्युटर, प्रिन्टरलगायत सरकारी सामग्रीहरू समेत बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार साउन ४ गते राति कबिलासी नगरपालिका वडा नम्बर ८ स्थित सामाजिक सुरक्षा शाखाको कोठाबाट विभिन्न सरकारी सामानहरू चोरी भएका थिए । घटनाबारे साउन ५ गते बिहान प्रहरी चौकी कबिलासीमार्फत सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरिपुरको टोलीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले नगरपालिका नजिकैको नालामा फालिएको अवस्थामा एउटा प्रिन्टर फेला पारेको थियो । क्यानन कम्पनीको उक्त प्रिन्टरको सिसा फुटेर क्षतिग्रस्त अवस्थामा बरामद भएको थियो ।
प्रहरीले सीसीटीभी फुटेज र अन्य प्राविधिक पक्षहरूको विश्लेषण गर्दै अनुसन्धानलाई अगाडि बढाउँदा चोरीमा संलग्न व्यक्तिहरूको पहिचान खुलेको हो । सोही आधारमा खोजतलास गर्ने क्रममा प्रतिवादीहरूमध्ये एक रोहित मिश्रको घरमा खानतलासी गर्दा चोरी भएका अन्य सामानहरू फेला परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न निम्न व्यक्तिहरूलाई पक्राउ गरेको छः
रोहित मिश्र, वर्ष २२
सुरेन्द्र राय, वर्ष ४०
राजु पासवान, वर्ष २०
ललका पासवान, वर्ष २२
दिपक पासवान, वर्ष १९
बरामद गरिएका सामग्रीहरू
सीपीयू एक थान
मोनिटर एक थान
किबोर्ड एक थान
कुर्सी एक थान
राउटर एक थान
मल्टी प्लग एक थान
क्षतिग्रस्त प्रिन्टर एक थान
पक्राउ परेका सबैलाई चोरी सम्बन्धी कसुरमा सम्मानित सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण