मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वराजालाई राजनीतिमा आऊ भन्नेले पूर्वराष्ट्रपतिलाई बन्देज लगाउनु विरोधाभास : प्रवक्ता श्रेष्ठ

बुधबार, ०७ साउन २०८२, ०९ : ०९
बुधबार, ०७ साउन २०८२

सारांश

  • राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले एमालेको आलोचना गर्दै पूर्व राष्ट्रपतिलाई राजनीतिमा बन्देज गर्नु विरोधाभासपूर्ण रहेको बताए।
  • श्रेष्ठले दुई कार्यकालको व्यवस्था राप्रपाले कार्यान्वयन गर्ने र नेतृत्व परिवर्तनमा जोड दिने बताए।
  • उनले सबै दलहरूले नेतृत्वमा रहिरहनका लागि गरिने जालझेलको अन्त्य गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले नेकपा एमालेलाई लक्षित गर्दै पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन बन्देज गर्नु विरोधाभास भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'कहिल्यै दलमा नरहने राजालाई राजनीतिमा आउन, चुनाव लड्न चुनौती दिनेहरूले दलबाट राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा आउन बन्देज लगाउनु हदैसम्मको विरोधाभाष हो ।'

एक व्यक्ति दुई कार्यकालको व्यवस्था एमालेले हटाए पनि राप्रपा भने यो व्यवस्था लागू गर्न दृढ रहेको उनको भनाइ छ । 

उनले भनेका छन्– 'नयाँ पुस्तामा नेतृत्व रूपान्तरणको अध्याय हामी राप्रपाले प्रारम्भ गऱ्यौ, दुई कार्यकाल पनि हामी नै कार्यान्वयन गर्छौँ, यसमा हामी दृढ छौँ । जीवनको अन्तिम समयसम्म जसरी भएपनि नेतृत्वमा रहने, आफू नेतृत्वमा रहन अनकन जालझेल गर्ने र नेतृत्व निर्माणको प्रक्रिया अवरुद्ध गर्ने विषयलाई ठुला, मझौला र साना सबै दलले बदल्न जरुरी छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप