१० बजे १० समाचार : विद्याबारे बहस जारी, माओवादीमा घोचपेच
आज २०८२ साउन ७ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- विकास निर्माण
गण्डकी प्रदेश सरकार स्थापना भएपछि सडक, खानेपानी र विद्युतका क्षेत्रमा देखिने गरी केही काम भएका छन् । प्रदेश सरकार स्थापना भएपछि हालसम्म १ हजार किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको तथ्यांक छ ।
- होडबाजी
सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले केन्द्रीय समिति बैठकमा ७० वर्ष उमेरहद र दुई कार्यकालको व्यवस्था विधानबाट हटाउने प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमाेदन गरेपछि अन्तरविरोध चर्किएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई आगामी ११ औँ महाधिवेशनमा अध्यक्ष बन्न सहज हुनेगरी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए ।
- नेपाल धितोपत्र बोर्ड
नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार बोर्डले सात वटा नीति र यस अन्तर्गतका ८८ कार्यक्रमसहित नयाँ वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
- मितेरी सहकारी प्रकरण
ललितपुरको महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम ठगीमा संलग्न ज्योति बहादुर भण्डारीसँग ‘कनेक्सन’ देखिएका दुई जना आरोपीमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।
- विद्यासँग के–के छन् विकल्प ?
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा पार्टीले संस्थागत रोक लगाएसँगै आगामी दिनमा उनले चाल्नसक्ने कदमबारे सर्वत्र चासो छ । मंगलबार राति सकिएको एमालेको दुई दिने केन्द्रीय कमिटी बैठकले भण्डारी सक्रिय राजनीतिमा आउनु संविधान र व्यवस्थाकै गरिमा विपरीत हुने निष्कर्ष निकालेको छ । यतिमात्र होइन, उनले लिएको भनिएको पार्टी सदस्यता नै त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई खारेज गर्ने निर्णयसमेत गरेको छ ।
- एमाले बैठक
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण लोकतन्त्रलाई बलियो बनाउनका लागि भएको प्रस्टीकरण दिएका छन् । एमाले प्रचार तथा प्रकाशन विभागले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले पूर्वराष्ट्रपति एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भए पनि लोकतन्त्र कमजोर हुने बताए ।
- माओवादीमा घोचपेच
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई जवाफ फर्काएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजना भएको कार्यक्रममा प्रचण्डले शर्माको नमै नलिई पार्टीभित्र सिँगौरी खेल्न दिएको बताएका हुन् ।
- संकटग्रस्त क्षेत्र
सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए।
- राष्ट्रिय गौरवका आयोजना
राष्ट्रिय गौरवका आयोजना अन्यभन्दा फरक नभएको भन्दै सांसदहरूले तिनको औचित्यमाथि नै प्रश्न उठाएका छन् । बुधबार राष्ट्रियसभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनामा नाममा मात्र ‘गौरव’ रहेको तर काममा अन्यभन्दा केही फरक नरहेको बताए ।
- अलबिदा अज्जी
‘हेभी मेटल’ भनेर चिनिने संगीतको स्वरूप निर्माण गर्न मद्दत गरेका अज्जी ओस्बोर्नको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनले एक किसिमले ‘जंगली रक स्टार’को छवि आविष्कार पनि गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण