पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण गरेको थाहा थियो : शंकर पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणबारे पार्टी जानकार रहेको बताए।
- भण्डारीले शुल्क तिरेर सदस्यता नवीकरण गरेपछि उपयुक्त समयमा निर्णय लिने पोखरेलले जनाए।
- पार्टीले पूर्वराष्ट्रपतिको हकमा कसरी अघि बढ्ने भन्नेबारे निर्णय गर्नुपर्ने बताए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नवीकरण गरेको विषय पार्टीलाई जानकारी भएको स्वीकारेका छन् । बुधबार पत्रकार सम्मेलन मार्फत केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्ने क्रममा उनले भण्डारीले सदस्यता नवीकरण गरेको थाहा भइसकेपछि उपयुक्त समयमा निर्णय गर्ने भनेर पार्टीले सार्वजनिक नगरेको स्पष्ट पारे ।
‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुल्क तिरेर सदस्य नवीकरण गरेको विषय थाहा भएपछि उपयुक्त समयमा पार्टीले निर्णय गर्नुपर्छ भनेर सार्वजनिक गरेनौँ । नवीकरण गर्नुपर्थ्यो कि पर्दैनथ्यो भन्ने विषयमा स्वाभाविक रूपमा केन्द्रीय समिति बैठकले निर्णय गर्नुपर्थ्यो । यी सबैलाई ध्यानमा राखेर बैठकले उहाँको सदस्यता नवीकरण स्थगित गरेको हो,’ उनले भने ।
राष्ट्रपति भएका व्यक्ति अवकाशपछि के गर्ने भन्ने कुरा आफूहरूका लागि नौलो विषय भएको पोखरेलले बताए । संविधानमा भएको व्यवस्थालाई ध्यानमा राखेर नै पार्टीले निर्णय गरेको उनले जिकिर गरे ।
‘प्रथम राष्ट्रपति डा. रामवरण यादव पार्टी राजनीतिमा नफर्किएकाले केही गर्नै परेन । विद्यादेवी सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि स्वाभाविक रूपमा पार्टीले एउटा थिति बसाल्नुपर्थ्यो । उहाँले पार्टीको नेतृत्व तहमा रहेर वा राष्ट्रपतिको पदमा बसेर गणतन्त्रको रक्षा र संविधानको संरक्षणमा महत्त्वपूर्ण भूमिका खोल्नुभयो । त्यसको उच्च सम्मान गर्दै पार्टीले उहाँलाई पार्टीले गणतन्त्र गौरव विभूषणबाट सम्मान गरेको हो’, पोखरेलले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण