शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

विद्याले एमालेबाट राजनीति गर्दा पार्टीलाई फाइदै हुन्थ्यो, तर लोकतन्त्रलाई घाटा : महासचिव पोखरेल

बुधबार, ०७ साउन २०८२, १६ : २६
बुधबार, ०७ साउन २०८२

सारांश

  • एमाले महासचिव शङ्कर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्ने बताए।
  • पोखरेलका अनुसार पूर्वराष्ट्रपति एमालेमा आउँदा पार्टी बलियो हुने भए पनि लोकतन्त्र कमजोर हुन्छ।
  • उनले योग्यता पुगेका प्रतिनिधि पार्टी अध्यक्षको उम्मेदवार बन्न पाउने बताए, तर नेतृत्व केपी ओलीले नै गर्ने कुरामा जोड दिए।

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण लोकतन्त्रलाई बलियो बनाउनका लागि भएको प्रस्टीकरण दिएका छन् ।  एमाले प्रचार तथा प्रकाशन विभागले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले पूर्वराष्ट्रपति एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भए पनि लोकतन्त्र कमजोर हुने बताए । 

विद्या भण्डारी एमालेको राजनीतिमा आउँदा पार्टीलाई फाइदा नै हुन्छ । उहाँको व्यक्तित्वले एमाले बलियो नै हुन्थ्यो’ पोखरेलले भने, ‘तर यस्तो प्रवृतिले लोकतान्त्रिक मूल्य मान्यतालाई खण्डित गर्दछ ।’

एमालेको सदस्यता नवीकरण नहुँदा भण्डारी घरमै बस्ने पार्टीको अपेक्षा नरहेको पोखरेलको भनाइ छ । उनले भण्डारी अभिभावक भएकोले समसामयिक राजनीतिक विषयमा चासो र चिन्ता राख्नुलाई अस्वाभाविक नभएको बताए ।

पत्रकारहरूको प्रश्नको जवाफमा महासचिव पोखरेलले योग्यता पुगेका कुनै पनि प्रतिनिधि पार्टी अध्यक्षका रूपमा उम्मेदवार हुन पाउने बताए । ‘योग्यता पुगेका महाधिवेशन प्रतिनिधि अध्यक्षको उम्मेदवार हुन पाउँछन् । हामीले कसैलाई छेकेका छैनौ’ महासचिव पोखरेलले भन्नुभयो ’तर केन्द्रीय कमिटीको एक मतले मिसन ०८४ को नेतृत्व केपी ओलीले नै गर्नुपर्दछ भनेको छ’, पोखरेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप