बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश खैरुल हक पक्राउ
सारांश
- बंगलादेश प्रहरीले पूर्व प्रधानन्यायाधीश एबिएम खैरुल हकलाई पक्राउ गरेको छ।
- उहाँलाई तीनवटा मुद्दामा आरोप लगाइएको छ, जसमा भ्रष्टाचार र न्यायिक फैसलामा परिवर्तन पनि समावेश छन्।
- खैरुलले सन् २०१० देखि २०११ सम्म प्रधानन्यायाधीशको रूपमा सेवा गरेका थिए।
ढाका । बङ्गलादेश प्रहरीले बिहीबार देशका पूर्वप्रधानन्यायाधीश एबिएम खैरुल हकलाई पक्राउ गरेको छ । डिटेक्टिभ शाखा (डीबी) प्रहरीको टोलीले उनलाई स्थानीय समयानुसार आज बिहान ८ बजेतिर उनको धानमन्डी निवासबाट पक्राउ गरेको थियो ।
डीबीका संयुक्त आयुक्त नासिरुल इस्लामले पूर्व प्रधानन्यायाधीश एबिएम खैरुल हकको गिरफ्तारीको पुष्टि गरेका छन् । ‘हो, हामीले उहाँलाई पक्राउ गरेका छौँ’, इस्लामले भने, ‘उहाँविरुद्ध तीनवटा मुद्दा छन् ।’ खैरुल हकले बङ्गलादेशको १९ औँ प्रधानन्यायाधीशका रूपमा सेवा गरेका थिए ।
अगस्ट १८ मा सर्वोच्च अदालतका वकिल मुजाहिदुल इस्लाम शाहिनले खैरुलविरुद्ध भ्रष्टाचार र न्यायिक फैसलामा परिवर्तन गरेको आरोप लगाउँदै शाहबाग प्रहरी चौकीमा मुद्दा दायर गरेका थिए ।
यसअघि १५ अगस्टमा नारायणगञ्जको फतुल्ला प्रहरी चौकीमा अर्को मुद्दा दर्ता भएको थियो । फतुल्ला थाना बिएनपीका महासचिव तथा नारायणगञ्ज जिल्ला बार एसोसिएसनका पूर्व अध्यक्ष अब्दुल बारी भुइयाँले मुद्दा दायर गरेका थिए ।
भुइयाँको उजुरी १३ वर्षअघि कार्यवाहक सरकारी प्रणालीलाई खारेज गर्ने ऐतिहासिक फैसलासँग सम्बन्धित छ । उनले खैरुलमाथि संविधानको १३ औँ संशोधनलाई रद्द गर्न मूल फैसला परिवर्तन गरेको र प्रक्रियामा जालसाजी गरेको आरोप लगाए ।
खैरुलले सन् २०१० अक्टोबर १ देखि सन् २०११ मे १७ सम्म बङ्गलादेशको प्रधानन्यायाधीशका रूपमा सेवा गरे । सन् २०११ मेमा उनको नेतृत्वमा पुनरावेदन बेन्चले विवादास्पद फैसला सुनाउँदै १३ औँ संशोधनलाई असंवैधानिक घोषणा गरेको थियो । बिडीन्युजका अनुसार यसले राष्ट्रिय चुनावको निरीक्षण गर्न प्रयोग गरिएको कार्यवाहक प्रणालीलाई प्रभावकारी रूपमा अन्त्य गरेको थियो ।
बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेवा गरेका राजनीतिज्ञ, अर्थशास्त्री, शीर्ष निर्वाचन अधिकारी, नौकरशाह र प्रहरीसहित विभिन्न स्तरका व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ ।
गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा शेख हसिना अपदस्थ भएका थिए । उनको पतनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण