नेपाल स्ट्रीट प्रिमियर लिग
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
बिहीबार, ०८ साउन २०८२, १८ : ५३
काठमाडौँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा हुन लागेको नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)मा सहभागी हुन इच्छुक खेलाडीका लागि दर्ता प्रक्रिया खुला गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक खेलाडीहरूले आफ्नो नाम एनएसपीएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत दर्ता गराउन सक्नेछन् ।
दर्ता शुल्क ब्याटर र बलरका लागि रु.१ हजार तोकिएको छ भने अलराउन्डरका लागि रु.१ हजार २०० निर्धारण गरिएको छ। खेलाडी दर्ता गर्ने अन्तिम मिति आगामी भदौ ८ गतेसम्म रहेको छ ।
एनसपीएलको ब्रान्ड एम्बासडर नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता,निर्माता तथा निर्देशक निखिल उप्रेती रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
-
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
-
७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण