भ्रष्टाचार र कुशासनविरूद्ध क्रान्तिकारी युवा सङ्घ नेपालको मोटरसाइकल र्याली
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्घ नेपालले भ्रष्टाचार र कुशासनविरुद्ध काठमाडौँमा मोटरसाइकल र्याली निकालेको छ ।
बिहीबार पार्टी कार्यालय कुपण्डोलमा कार्यवाहक महासचिव सिपी गजुरेल‘गौरव’ले र्यालीको उद्घाटन गर्दै आफूहरूले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध रहेकोसमेत बताएका छन् ।
पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली‘सुदर्शन’ले देशमा व्याप्त बेथिति, अन्याय अत्याचार र महँगी विरुद्ध आफ्नो पार्टीको युवा सङ्घले सङ्घर्ष चर्काउने विश्वास रहेको बताए ।
युवा सङ्घका संयोजक सूर्य तिमल्सिना‘जीवीत’ले मोटरसाइकल र्याली भ्रष्टाचार र कुशासनविरुद्ध ‘आगोको झिल्को’को संज्ञा दिए । “हाम्रो यो र्याली दलाल पुँजीवादी व्यवस्था र जनताका दुस्मनलाई खबरदारी हो, होसियार यसलाई हल्का रुपमा लिए भोलि कडा जवाफ दिनेछौँ,” तिमल्सिनाले भने ।
मोटरसाइकल र्याली पार्टी कार्यालय कुपण्डोलबाट सुरु भएर लगनखेल, कुलेश्वोर, कालिमाटी, बनस्थली हुँदै सिफल चौरमा गएर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा युवाहरूलाई स्वदेशमा रोजगारी दे, भ्रष्टाचारीलाई कारबाही गर, महँगी नियन्त्रण गर, सङ्घीय जनगणतन्त्र जिन्दावाद लगायतका नाराहरू घन्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण