भायानेटको स्वतन्त्र सञ्चालकमा परशुराम कुँवर क्षेत्री नियुक्त
सारांश
- भायानेटले परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ।
- क्षेत्री बैंक तथा वित्तीय क्षेत्रमा लामो समय काम गरेका अनुभवी व्यक्ति हुन्।
- कम्पनीले क्षेत्रीको अनुभवले भायानेटको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
काठमाडौँ । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ। बैङ्क तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका क्षेत्री भायानेटको सञ्चालक समितिको निर्णयअनुसार बोर्डमा आबद्ध भएका हुन्।
क्षेत्रीले आफ्नो करियर सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैङ्क (हाल स्ट्यान्डर्ड चार्टर्ड बैङ्क) बाट सुरु गरेका थिए। उनले नेपाल बैङ्क, सिटिजन्स बैङ्क इन्टरनेशनल, बैङ्क अफ एसियाको विभिन्न वरिष्ठ जिम्मेवारी सम्हालेका थिए भने जनता बैङ्क र ग्लोबल आइएमई बैङ्कमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए। उनले सन् २०२० मा ग्लोबल आइएमई बैङ्कको सीईओबाट अवकाश लिएका थिए।
कम्पनीले क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै उनको तीन दशकभन्दा बढीको अनुभवले भायानेटको दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण