भरुवा बन्दुकसहित २ जना पक्राउ
शुक्रबार, ०९ साउन २०८२, ११ : ३०
सारांश
- कैलालीमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्।
- गोदावरी नगरपालिका ८ मा राजु चौधरी र चन्द्रबहादुर चौधरीलाई पक्राउ गरिएको हो।
- राजुको घरबाट चित्तलको सिङ र खुट्टाको भाग समेत बरामद गरिएको छ।
कैलाली । कैलालीमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । शुक्रबार इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरीको संयुक्त गस्ती टोलीले गोदावरी नगरपालिका ८ का राजु चौधरी र सोही ठाउँका चन्द्रबहादुर चौधरीको घर खानतलासी गर्दा २ थाना भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको हो ।
राजुको घरबाट बन्दुकसहित चित्तलको सिङ र खुट्टाको आधा भाग समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता लोकराज जोशीले जानकारी दिए । बन्दुकसहित पक्राउ परेका २ जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण