चर्कियो थाइल्यान्ड–क्याम्बोडियाबिचको द्वन्द्व : १४ जनाको मृत्यु, एक लाखभन्दा बढी विस्थापित
सारांश
- थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा गोलीबारी हुँदा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ।
- दुवै देशले सीमामा थप सैनिक पठाएका छन् र आक्रमणका लागि गोलीबारी भइरहेको छ।
- सीमा विवाद एक शताब्दी पुरानो हो, जसमा ऐतिहासिक मन्दिरहरू मुख्य कारक हुन्।
बैंकक । थाइल्यान्ड र कम्बोडियाबिच जारी द्वन्द्व निरन्तर बढ्दै गइरहेको छ । शुक्रबार पनि दुई देशबिचको सीमामा गोलीबारी भएको दुवै देशका अधिकारीहरूले बताए । यस द्वन्द्वमा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।
अरू धेरै घाइते भएको बताइएको छ । अहिलेसम्म एक लाखभन्दा धेरै मानिस विस्थापित भएको खबर आइरहेको छ । दुवै तर्फबाट आक्रमणका लागि गोलीबारी, क्षेप्यास्त्रको प्रयोग भइरहेको छ ।
शुक्रबार दुवै देशका सेनाले सीमामा थप सैनिक पठाएका छन् । बिहीबार कम्बोडियाले थाइल्यान्डको सिमानामा अवस्थित गाउँहरूमा आक्रमण गरेको थियो ।
प्रतिक्रियामा थाई सेनाले एफ–१६ लडाकु विमानहरूबाट कम्बोडियाली सैन्य अड्डाहरूमा आक्रमण गर्यो । आक्रमणपछि हिंसा प्रभावित क्षेत्रहरूबाट आम मानिसहरू बसाइँ सर्न थालेका छन् । महिनौँदेखि दुई देशको सीमामा ८०० किमी विवादित खन्डको विषयमा थाइल्यान्ड र कम्बोडियाबिच बहस चलिरहेको थियो ।
के हो विवाद ?
थाइल्यान्ड र कम्बोडियाबीचको सीमा विवाद एक शताब्दीभन्दा पुरानो हो । १९०७ मा कम्बोडिया फ्रान्सेली साम्राज्यको अधीनमा थियो । सियाम र कम्बोडियाबीचको सीमा विवाद तय गरिएको थियो ।
तर, पछि यसैबाट ८१७ किलोमिटर लामो सीमामा विवाद सुरु भयो । दुई देशबिचको यो विवाद विशेष गरी केही ऐतिहासिक मन्दिरहरू, विशेष गरी ११ औं शताब्दीको प्रेह विहार मन्दिरलाई लिएर गहिरो हुँदै गयो ।
दुवै देशले १९६२ मा सीमा विवाद र मन्दिरहरूमाथिको अधिकारको मुद्दालाई अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे)मा लगे । आईसीजेले कम्बोडियाको पक्षमा फैसला सुनाइदियो । फैसलापछि थाइल्यान्डले यस मन्दिरमाथिको आफ्नो अधिकार त्यागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण