उल्लू, बालाजीलगायत ओटीटी प्लेटफर्ममाथि भारतले लगायो प्रतिबन्ध
काठमाडौँ । भारत सरकारले उल्लू, अल्ट बालाजी, देसीफ्लिक्स, बिग शट्स समेतका केही स्ट्रीमिङ एपमाथि प्रतिबन्ध लगाएको छ । यसरी प्रतिबन्धमा परेका एपमा हटहिट र प्राइमप्ले पनि छन् । अश्लील र यौनजन्य सामाग्री विरुद्धको नीति अनुसार सरकारले यो निर्णय लागू गरेको हो ।
इलेक्ट्रोनिक्स एवम् सूचना प्रौद्योगिक मन्त्रालयमा यी एपविरुद्ध कयौँ नागरिक र सङ्गठनबाट उजुरी प्राप्त भएपछि यो कदम चालिएको हो । अश्लील सामग्रीको गुनासो आएपछि छानबिन सुरु गरिएको थियो ।
यस क्रममा कामुक वेब सिरिजको नाममा अश्लील सामग्री खुलमखुला स्ट्रिम भइरहेको पाइयो । १८ वर्षभन्दा माथिका मानिसले मात्रै हेर्न पाउने भनिएको ओटीटी च्यानलका कन्टेन्टले आइटी नियमन २०२१ र भारतीय दण्ड संहिताको धारा २९२/२९३ मिचिरहेको पाइयो ।
के भन्छ भारतको अश्लीलता विरुद्धको कानुन
भारतीय कानुन अन्तर्गत खास गरी नाबालिगको पहुँचमा पुग्दा सार्वजनिक नैतिकतालाई चोट पुर्याउने सामग्रीलाई अश्लील सामग्री भनेर भनिएको छ । आइटी नियमनको दफा ६७ र ६७ ए अन्तर्गत विद्युतीय रूपमा अश्लील वा यौनसम्बन्धी सामाग्रीको प्रकाशन र वितरणमा रोक लगाउने भनिएको छ ।
यस बाहेक पनि आईपीसीको धारा २९२ र २९३ अन्तर्गत अश्लील चीज र सामग्रीको वितरण र प्रसारणमा दण्डको व्यवस्था छ । बच्चाहरूको यौन शोषणसँग सम्बन्धित सबै डिजिटल र भौतिक सामग्रीमा पनि सजायको व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण