निहुँ खोज्ने काम राम्रो होइन, म अविश्वासको प्रस्ताव सामना गर्न तयार छु : मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा तामाङले अविश्वासको प्रस्तावको सामना गर्न आफू गर्न तयार रहेको बताएका छन् ।
आजै २१ सांसदको हस्ताक्षरमा संसदीय दलका नेता तामाङविरुद्ध अविश्वास प्रस्ताव पेस दर्ता भएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले यसलाई आफूले ठुलो कुरा नठानेको र पार्टीभित्र भइरहने एउटा प्रक्रियाको रूपमा लिएको समेत बताए ।
‘म अविश्वासको प्रस्ताव फेस गर्न तयार छु । गठबन्धनको सरकार भएको अवस्थामा सहमति अनुसारको मुख्यमन्त्रीको समयावधि सकिएको भए मैले स्वाभाविक रूपमा राजीनामा दिनुपर्थ्यो र दिन्थेँ,’ उनले शुक्रबार साँझ सञ्चारकर्मीहरूसँग भने, ‘तर अहिले त्यस्तो अवस्था होइन । साथीहरूले दलको नेता फेर्न पर्यो भनेर अविश्वासको प्रस्ताव दर्ता गरेको मैले पनि थाहा पाएँ । यसलाई मैले ठुलो कुरा मानेको छैन यो पार्टीभित्रको कुरा हो । म प्रस्ताव सामना गर्न तयार छु ।’
मुख्यमन्त्री लामाले गठबन्धन सरकार भएकाले सहमति अनुसार अझै लगभग एक वर्ष काम गर्न पाउनुपर्ने बताउँदै पार्टी भित्रका केही व्यक्तिले चाहेर मात्रै पुरा नहुने दाबी गरे । ‘यो कांग्रेसभित्रका केही साथीहरूले मात्रै चाहेर हुने कुरा होइन । हामी अहिले गठबन्धन सरकारमा छौँ । बागमती प्रदेशको प्रभाव अरू प्रदेशमा पनि पर्छ । यो सबै बिचार पुर्याउन आवश्यक छ,’ उनले भने ।
बजेटको विषयलाई मुख्य मुद्दा बनाएर केही सांसदहरू आफूलाई असफल पार्न लागि परेको पनि उनले दाबी गरे । ‘बजेटको विषयलाई लिएर उहाँहरूले मलाई असफल भयो भन्नु भएको छ । उहाँहरूको आरोप सही छैन,’ मुख्यमन्त्री लामाले भने, ‘प्रदेश सरकारले काम गरिहरेको अवस्थामा एक्कासि नेतृत्व भएन भनेर निहुँ खोज्ने काम राम्रो होइन । हामीले एक वर्षमा गरेको कामको परिणाम देखिने बेलामा उहाँहरूले नेतृत्व परिवर्तन गर्न खोज्नु उचित होइन । म त्यसको सामना गर्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण