शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

अनुदानको मल सहकारीमार्फत मात्र वितरण गर्न स्थानीय प्रशासनको निर्देशन

शुक्रबार, ०९ साउन २०८२, १९ : ५८
शुक्रबार, ०९ साउन २०८२

 रौतहट । नेपाल सरकारबाट अनुदानमा प्राप्त रौतहट जिल्लाका कृषकहरूका लागि वितरण गरिने मल तोकिएको सहकारी संस्थामार्फत मात्र वितरण गर्नुपर्ने भएको छ। 

जिल्ला प्रशासन कार्यालय, रौतहटले शुक्रवार एक विज्ञप्ति जारी गर्दै मल वितरणको लागि सहकारी संस्थामार्फत मात्र तोकिएको मूल्यमा वितरण गर्नुपर्ने निर्देशन दिएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडबाट स्थानीय तहमा पठाइएको मल वितरण व्यवस्थापन समितिले निर्धारण गरेको परिमाणअनुसार सहकारी संस्थाले मात्र किसानलाई मल बिक्री वितरण गर्नुपर्नेछ।

प्रशासनले सहकारी संस्था बाहेक अन्य व्यक्तिहरू वा संस्थाले बढी मूल्यमा मल बिक्री गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी पनि दिएको छ।

जिल्ला प्रशासन कार्यालय, रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय तहमा मल वितरणको प्रक्रिया पारदर्शी र प्रभावकारी बनाउन यो निर्देशन दिइएको छ।

किसानलाई सहज रूपमा तोकिएको मूल्यमा मल उपलब्ध गराउने उद्देश्यले सहकारी संस्थामार्फत वितरण गर्न लागिएको जनाइएको छ।

521952702_1959257438155829_1917808292753628903_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप