त्रिभुवन विश्वविद्यालयको शुल्क शोषणविरुद्ध अखिल क्रान्तिकारीको धर्ना जारी
सारांश
- त्रिभुवन विश्वविद्यालयका विभागहरूको शुल्क घटाउन माग गर्दै विद्यार्थी युनियनले धर्ना दिएको छ।
- शुक्रबारदेखि सुरु भएको धर्ना शनिबार पनि जारी रह्यो, विद्यार्थीहरूले विभिन्न नारा लगाए।
- आन्दोलनकारीहरूले शुल्क घटाउन माग गर्दै माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार वटा विभागहरूको शुल्क घटाउनुपर्ने भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समितिले तेस्रो दिन पनि शान्तिपूर्ण धर्ना जारी राखेको छ ।
बिहीबारदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयभित्र सुरु भएको धर्नालाई शनिबार पनि निरन्तरता दिइएको हो ।
आन्दोलनमा सहभागी विद्यार्थीहरूले शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ, गरिब विद्यार्थीको छातीमा गोली, यो त केन्द्रीय विभागको नीतिमा झोली, भन्ने नारासहित प्रदर्शन गरेका छन्।
आन्दोलन संयोजक मनिष चम्लागाईले शान्तिपूर्ण धर्ना जारी रहेको बताए । माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने उनले बताए ।
अखिल (क्रान्तिकारी) जिल्ला समितिले विश्वविद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै १० दिनभित्र शुल्क समायोजन सहितको माग प्रस्तुत गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण