सचिन तेन्दुलकरको रेकर्डलाई पछ्याउँदै रुट
सारांश
- सचिन तेन्दुलकरले जोय रुटलाई भारतविरुद्ध १५० रन बनाएकोमा बधाई दिए।
- रुटले टेस्ट क्रिकेटमा १३ हजार २५९ रन बनाएका छन्, जसमा ३७ शतक र ६६ अर्धशतक छन्।
- रुटलाई तेन्दुलकरको सर्वाधिक रनको रेकर्ड तोड्न २५१३ रन बनाउन आवश्यक छ।
काठमाडौँ । विश्व क्रिकेटका लिजेन्डको रुपमा चिनिने सचिन तेन्दुलकरले इङ्गल्यान्डका जोय रुटलाई भारतविरुद्ध १५० रन बनाउँदा बधाई दिए । भारतीय क्रिकेटमा भगवानको उपमा पाएका सचिन टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
टेस्ट क्रिकेटमा नै आफ्नो रनको माइलस्टोनमा पुग्न लागेको भन्दै उनले रुटलाई बधाई दिएका हुन् । रुटले भारतविरुद्धको १५० रन बनाउँदा समग्रमा टेस्ट क्रिकेटमा उनको १३ हजार २५९ रन पुगेको छ ।
उनले २८५ पारीमा ३७ शतक र ६६ अर्धशतक पूरा गरेका छन् । सर्वाधिक रन स्कोरर तेन्दुलकरको भने टेस्ट क्रिकेटमा १५ हजार ९२१ रन रहेको छ । उनले ३२९ पारीमा ५१ शतक र ६८ अर्धशतक पूरा गरेका छन् ।
टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको तेस्रो स्थानमा रिकी पोन्टीङ छन् । उनले १३ हजार ३७८ रन बनाएका छन् ।
रुटलाई अब तेन्दुलकरको सर्वाधिक रन स्कोरको रेकर्ड तोड्ने मौका छ । अब उनले २५ सय १३ रन बनाएमा तेन्दुलकरको रेकर्ड तोडिनेछ । तर, ३४ वर्षका रुटलाई यो रन स्कोरको आकडा पार गर्न त्यति सहज भने हुने छैन ।
रुट अहिले घरेलु भूमिमा भारतसँग टेस्ट सिरिज खेलिरहेका छन् । इङ्गल्यान्डमा जारी सिरिज अन्तर्गत दोस्रो खेलको तेस्रो दिनमा घरेलु टोली १८६ रनले अघि छ । इङ्ल्यान्डले ५४४ रन बनाउँदा ७ विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण