पृथ्वीमान गुरुङको निधनप्रति देउवाद्वारा दुःख व्यक्त
सारांश
- नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरुङको निधन भएको छ।
- उहाँ ७६ वर्षको उमेरमा बिहान निधन हुनुभयो, र उहाँको सोमबार अन्त्येष्टि गरिनेछ।
- कांग्रेसले गुरुङको निधनप्रति शोक व्यक्त गर्दै उनको योगदानको स्मरण गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनका पूर्व सभापति तथा नेपाल सरकार गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधनप्रति नेपाली कांग्रेसले शोक व्यक्त गरेको छ ।
श्रेष्ठको आज बिहान ८ः४५ बजे ७६ वर्षको उमेरमा निधन भएको थियो । उनको सोमबार अन्त्येष्टि गरिने भएको छ ।
स्वर्गीय गुरुङले लामो समयसम्म नेपाली कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह रेका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्– “स्वर्गीय गुरुङले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण