एक वर्षमा १३३ कम्पनी कालोसूचीमा
सारांश
- एक वर्षमा १३३ वटा निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्।
- सार्वजनिक खरिद ऐन २०६३ अनुसार सर्त पूरा नगर्ने कम्पनीलाई कालो सूचीमा राख्न सकिन्छ।
- कालो सूचीमा परेका कम्पनीहरू निश्चित अवधिभर नयाँ खरिद प्रक्रियामा सहभागी हुन पाउँदैनन्।
काठमाडौँ । एक वर्षमा १३३ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ असार मसान्तसम्ममा बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता तथा निर्माण कम्पनी कालोसूचीमा परेका हुन् ।
कालोसूचीमा परेका कुल कम्पनीमध्ये ५ वटा कम्पनी कालोसूचीबाट हटेका छन् । यस्तै २० वटा कम्पनी निलम्बनमा परेको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद प्रक्रियाका सर्त पूरा नगर्ने कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा कालोसूचीमा राख्न सक्ने व्यवस्था सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ तथा सार्वजनिक खरिद नियमावलीको नियम १४१ मा छ ।
सो व्यवस्थाअनुसार बोलपत्रदाता, प्रस्तावदाता दरभाउपत्र दाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसाय, संस्था वा कम्पनी र तिनका आधिकारिक व्यक्ति समेतलाई निजको कार्यको गाम्भीर्यताका आधारमा १ देखि ३ वर्षसम्म कालोसूचीमा राख्ने प्रावधान छ ।
कालोसूचीमा राखेपछि निश्चित अवधिभर नयाँ खरिद प्रक्रियामा सहभागी हुन रोक लगाइने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण