भावनाले मात्रै कम्युनिष्टहरुको एकता हुन सक्दैन : झलनाथ खनाल
सारांश
- झलनाथ खनालले भावनाले मात्र कम्युनिष्टहरूको एकता हुन नसक्ने बताए।
- उनले सही विचार बिना एकता सम्भव नहुने र नेपाल समाजवादी क्रान्तिको युगमा प्रवेश गरेको बताए।
- खनालले मार्क्सवाद-लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले भावनाले मात्रै कम्युनिष्टहरुको एकता हुन नसक्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कम्युनिस्टहरू एकताबद्ध हुनु राम्रो कुरा भएको पनि बताए । सही विचार नभइकन एकताबद्ध गर्न नसकिने उनको भनाइ छ । सही विचार भनेको अहिलेको अवस्था नेपाल कुन ठाउँमा आइपुग्यो भन्ने मूल्याङ्कन गर्नु रहेको उनले बताए ।
नेपाल अहिले जनवादी क्रान्तिको कालखण्ड पार गरेर समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइपुगेको समेत उनले बताए । कम्युनिष्टहरुको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद भएको उनले बताए ।
खनालले भने, ‘कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ यो असाध्यै राम्रो कुरा हो । तर भावनाले मात्रै एकता पक्कै हुँदैन । सही विचार नभइकन एकताबद्ध गर्न सकिँदैन । सही विचार भनेको यो अहिलेको अवस्था नेपाल कुन ठाउँमा आइपुग्यो भन्दा जनवादी क्रान्तिको कालखण्ड पार गरेर हामी समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइपुग्यौँ । यो कुरा सबै कम्युनिष्टहरुले मान्न सक्नुपर्छ । हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद हो । मार्क्सवाद, लेनिनवादका सामु फेरि यसको देब्रेतिर एउटा पुच्छर, दाहिनेतिर अर्को पुच्छर यो जोडिरहनुपर्ने केही पनि जरुरी छ । मार्क्सवाद, लेनिनवाद नै सार्वभौम सिद्धान्त हो ।’
सम्मानित नेता खनालले बहुदलीय जनवाद भनेको समाजवाद नभएको र पुँजीवादी जनवादीबाट समाजवाद ल्याउन नसकिने बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण