आफूहरूसँग सहकार्य गर्न कुलमानलाई राजेन्द्र महतोको प्रस्ताव
सारांश
- राष्ट्रिय मुक्ति पार्टी नेपालले कुलमान घिसिङलाई सहकार्यको प्रस्ताव गरेको छ।
- घिसिङ हाल अमेरिकामा छन् र उज्यालो अभियान चलाउने तयारीमा छन्।
- पार्टीले घिसिङलाई पार्टीमा आउन वा अभियानमा साथ दिन आग्रह गरेको छ।
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले सहकार्यका लागि कुलमान घिसिङलाई प्रस्ताव गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका घिसिङले उज्यालो अभियान चलाउने तयारी गरिरहेका छन् । सोही क्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरूले उनलाई भेटेर सो प्रस्ताव गरेका थिए । घिसिङ भने हाल अमेरिकामा छन् । राष्ट्रिय मुक्ति पार्टी नेपालले आफ्नै पार्टी वा पार्टीले सञ्चालन गरिरहेको अभियानमा सहभागी हुन् उनलाई प्रस्ताव गरिएको पार्टीका नेता सन्तोष मेहताले बताए ।
यसबारे अध्यक्ष महतोले दुई पटक आफ्ना नेता पठाएर कुराकानी गर्न लगाएका थिए । पार्टीका नेता बुद्धि छिरिङको नेतृत्वमा एउटा टोली असार ६ गते भेटेर कुराकानी गरेको थियो भने अर्को टोली असार ८ गते भेटेर कुराकानी गरेको छ ।

नेता मेहताले भने, ‘कुलमानजीलाई पार्टीमै आउन भनेका हौँ, पार्टीमा नआए पनि हामी एउटै अभियानमा हुन्छौँ, उहाँले चलाउने उज्यालो नेपाल अभियानमा हाम्रो साथ सहयोग रहन्छ, हाम्रो अभियानमा पनि उहाँको साथ रहन्छ तर यस विषयमा अहिले नै कुनै टुंगो लागेको छैन, उहाँ अमेरिका जानुभएको छ ।'
उताबाट फर्केपछि औपचारिक रूपमै यो विषयको टुंगो लगाउने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण