करेन्ट लागेर एक जनाको मृत्यु, १७ वर्षीया किशोरीको पनि शव फेला
सप्तरी । सप्तरीको खडक नगरपालिका-११ मा करेन्ट लागेर स्थानीय ५८ वर्षीय मो युनुस मियाँको मृत्यु भएको छ ।
आज आफ्नै खेतमा पानी पठाउने क्रममा पानी तान्ने विद्युत्बाट चल्ने मोटरमा करेन्ट लागेर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए । उनका अनुसार करेन्ट लागेर घाइते भएका मियाँलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।
साथै जिल्लाको कञ्चनरुप नगरपालिका-१ बैरवामा १७ वर्षीया किशोरीको आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थfमा शव भेटिएको छ । स्थानीय अमोद पुर्वेकी छोरी ज्योतिकुमारी पुर्वेको शव कोठामा झुन्डिएको अवस्थमा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यसैगरी बिहीबार साँझदेखि हराइरहेका सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ बस्ने २७ वर्षीय शिक्षक रामकिसुन राय मृत अवस्थामा फेला परेका छन् । घरबाट करिब ५०० मिटर टाढा रहेको कोशी नहरको छेउमा आज बिहान रायको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घट्दै सर्पदंशको उपचार लिने बिरामी
-
साकेलाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत
-
स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण