जब चीनको आकाशबाट ‘सी फुड’ को वर्षा हुनथाल्यो
एजेन्सी । आकाशबाट अक्टोपस, स्टार फिस र प्राउनको वर्षा !
तपाईंको पहिलो प्रतिक्रिया हुनेछ – यस्तो पनि हुन्छ र ?
तर, गत जेठ ३० गते चीनको समुद्री तट नजिकै रहेको क्वीङडाओ शहरमा यस्तै घटना भएको छ ।
निकै तीव्र हुरीसँगै भएको वर्षामा आकाशबाट समुद्री जीवहरुको वर्षा भएको छ ।
चीनको सान्डोङ प्रान्तमा रहेको उक्त शहरमा बुधबार तीव्र गतिको आँधी चलेको थियो । जसले गर्दा रुख, ट्राफिक लाइटहरु ढल्नका साथै शहरलाई जलमग्न बनाएको थियो ।
तर, यो घटनाले भन्दा पनि आकाशबाट बर्सिरहेका समुद्री जीवले सबैको ध्यान केन्द्रीत गरेको थियो ।
चीनको माइक्रोब्लगिङ प्लाटफर्म वेइबोमा पोष्ट गरिएका तस्विरमा अक्टोबस, स्टार फिसदेखि प्राउनसम्म आकाशबाट उडेर आएको देखिएको छ ।
चीनको राष्ट्रिय समाचार एजेन्सीले यो फोटो सेयर गरेपछि समाजिक सञ्जालमा ‘सीफुड रेन’ ट्रेन्डिङ बनेको थियो ।
मौसमविदका अनुसार नजिकैको समुद्रबाट आँधीले उक्त जीवहरु उडाएर ल्याएको बताएका छन् ।
यसअघि, सन् २००८ मा भारतको केरलामा माछाको वर्षा भएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण