पोखराबाट ७६ लाख सहित ३ जना पक्राउ
सारांश
- पोखरामा ७६ लाख नगदसहित ३ हुण्डी कारोबारी पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा रुपन्देही, झापा र पोखराका व्यक्तिहरू छन्।
- उनीहरू लामो समयदेखि अवैध विदेशी मुद्राको कारोबारमा संलग्न रहेको पुष्टि भएको छ।
पोखरा । झण्डै ७६ लाख नगदसहित पोखराबाट ३ जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।
उनीहरूको साथबाट ७५ लाख ९६ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा बरामद गरेको कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दियो ।
पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर न.पा. १३, हाटबजारका महमुदिन एम अहमद, झापा दमक नगरपालिका ४ घर भई हाल पोखरा ६, बैदाम बस्ने राजकुमार बुढाथोकी र पोखरा १९, पुरनचौरका खेमराज पौडेल छन् ।
उनीहरुको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ४ हजार युरो र ४४ लाख ८ हजार नेपाली नोट बरामद भएको हो । पक्राउ परेकाहरू लामो समयदेखि संगठित रूपमा अवैध विदेशी मुद्राको कारोबारमा संलग्न रहेको खुलेको कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
राजकुमार विगत २० वर्षदेखि र खेमराज पौडेल विगत १४ वर्षदेखि मनि एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध सटही कारोबारमा संलग्न रहेको देखिएको छ ।सबैजनालाई राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैंकबाट इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइने ओलियाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण