एक वर्षमा ५८ हजार ४७२ अपराधका घटना दर्ता
काठमाडौँ । प्रहरीका युनिटहरूमा पछिल्लो १ वर्षमा ५८ हजार ४७२ अपराधका घटना दर्ता भएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्तसम्ममा ५८ हजार ४७२ अपराधका घटना दर्ता भएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले जानकारी दिए ।
आइतबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष अपराध दर्ता सङ्ख्यामा कमी आएको छ ।’
आर्थिक वर्ष २०८०–०८१ मा ५९ हजार २०३ अपराध दर्ता भएको थियो । अघिल्लो वर्षको तुलनामा १ दशमलव २३ प्रतिशतको दरले अपराध दर्ता सङ्ख्यामा कमी आएको प्रहरी प्रधान कार्यालयको विश्लेषण छ । आर्थिक वर्ष २०७९–०८० मा ५६ हजार ३२३ अपराध दर्ता भएको थियो ।
पछिल्लो आर्थिक वर्षमा सबैभन्दा धेरै बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ । सो अवधिमा १३ हजार ८३७ वटा बैंकिङ कसुरको जाहेरी दर्ता भएको डीआईजी घिमिरेले बताए । उनले भने, ‘ बैंकिङ कसुरको सबैभन्दा धेरै जाहेरी काठमाडौँ उपत्यकामा दर्ता भएको छ ।’
एक वर्षमा उपत्यकाका ३ वटा जिल्लामा ८ हजार ८० वटा बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । सो सङ्ख्या देशभर दर्ता भएको कुल सङ्ख्याको ५८ दशमलव ३९ प्रतिशत हुन आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण