बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

७ जना विभिन्न स्थानमा मृतावस्थामा फेला, प्रहरीले थाल्यो अनुसन्धान

आइतबार, ११ साउन २०८२, १९ : ५६
आइतबार, ११ साउन २०८२

काठमाडौँ । देशका विभिन्न स्थानमा सात जना मृतावस्था भेटिएका छन् । सबै घटना आइतबार भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१६ मा रहेको कोशी ट्रक सङ्घको कम्पाउण्डमा रामेछाप घर भएका ४३ वर्षीय राजु क्षेत्री बोहरा मृत अवस्थामा फेला परेका छन् ।

अर्घाखाँचीको शितगंगा नगरपालिका–११ खयरभट्टीका १८ वर्षीय विवेक बुढा आफ्नै गाउँ नजिकको घुमाउरे खोलामा मृत भेटिएका छन् ।दार्चुलाको महाकाली नगरपालिका–७ धापमा बस्ने ५६ वर्षीय जय सिंह धामी आफ्नै घर नजिक धारामा मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कुपहीका २४ वर्षीय संजिप कुमार मुखिया आफ्नो घरमै मृत भेटिएका छन् ।धनकुटाको शहिदभूमि गाउँपालिका–६ पोक्लास्थित बाटो छेउमा ३४ वर्षीय प्रकाश राईको शव फेला परेको छ ।

झापाको झापा गाउँपालिका–१ निवासी ८१ वर्षीय भीम बहादुर भुजेल सानो माई खोलामा मृत फेला परेका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका–१७ चौतारामा मोरङ सुन्दरहरैंचा नगरपालिका–७ गच्छिया टोलका ६५ वर्षीय धन बहादुर कार्कीको शव फेला परेको छ ।

यी सबै घटनाको सम्बन्धमा स्थानीय प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान अघि बढाएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप