तनहुँमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु
सोमबार, १२ साउन २०८२, २१ : ०९
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १, बरादीस्थित पृथ्वी राजमार्गमा आइतबार साँझ भएको स्कुटर दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
साँझ करिब ६ः१० बजे डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको को २८ प २४२२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा स्कुटर चालक सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २९ वर्षीय समीर कार्की गम्भीर घाइते भएका थिए । उनलाई तत्काल आँबुखैरेनी अस्पताल पुर्याइएको थियो ।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि चितवनको सीएमसी अस्पताल रिफर गरिएकोमा साँझ ७ः३५ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण