मधेस प्रदेशमा आज ‘लगपाँच’ पर्व मनाइँदै
मङ्गलबार, १३ साउन २०८२, ०७ : १४
सारांश
- महोत्तरीसहितका जिल्लामा नागको पूजा आराधना गरी 'लगपाँच' पर्व मनाइँदै छ।
- घरको भित्तामा नागको चित्र कोरेर दुबो, सिन्दुर र अक्षता चढाई नागको पूजा गरिन्छ।
- शिक्षक शोभाकान्त झाले नागको पूजा गर्नाले वर्षभरि नागको डर नहुने विश्वास रहेको बताए।
महोत्तरी । मधेस प्रदेशको महोत्तरीसहित अन्य जिल्लामा नागको पूजाआराधना गरेर ‘लगपाँच’ पर्व मनाइँदै छ । मूलघरको चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दुर र अक्षता चढाइ नागको आराधना गर्ने परम्परा रही आएको छ ।
घरमूली गृहिणीले स्नान गरेर भित्तामा नाग चित्र कोरेर पूजा आराधना गर्दै नागले रुचाउने दूध, लावा चढाउँछन् ।
महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शोभाकान्त झाले नागचित्र कोरेर पूजा गरिएपछि वर्षभरि नागको भय नहुने जनविश्वास रहेको बताए ।
उनका अनुसार घरका चारै सुरका भित्तामा नागचित्र कोरिनसँगै मुख्यद्वारमा कागजमा बनाइएको नाग चित्र पनि टाँसिन्छ । मधेशमा ‘लगपाँच’ दिनपश्चात् पर्व प्रारम्भ भएको मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा तत्काल निर्बाध सहायता वितरण सम्भव गराउन खाडी मुलुकको जोड
-
पढ्यौँ, बढ्यौँ तर समाजसँग जोडिएनौँ
-
मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
-
घरको नक्सा पास गर्ने र सम्पन्न प्रमाणपत्र दिने प्राविधिक एउटै हुन नपाउने, स्थानीय तहलाई परिपत्र
-
नीलो ध्वजा पताकाले सजियो भरतपुर (तस्बिरहरू)
-
झापामा दुई सय ८५ जनालाई रोजगारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण