मंगलबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम
सारांश
- देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसले गर्दा बदली र वर्षा भइरहेको छ।
- कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ।
- स-साना नदीहरूमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएको छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ।
यसले गर्दा हाल देशभर साधारणतया बदली रहेको छ भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाको भनाई छ ।
मंगलबार सोलुखुम्बु, रामेछाप, ओखलढुङ्गा, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, बझाङ, डोटी र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
त्यस्तै इलाम, झापा, खोटाङ, भोजपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, चितवन, सिन्धुली, उदयपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुकुम पूर्व, सल्यान, सुर्खेत, दैलेख, अछाम, कैलाली र आसपासका जिल्ला भई बहने स- साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण