शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गायिका कला लम्सालले ल्याइन् नयाँ गीत ‘अन्टी लभर’

मङ्गलबार, १३ साउन २०८२, ०९ : ५५
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • गायिका कला लम्सालले नयाँ गीत ‘अन्टी लभर’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।
  • गीतमा आशिष अविरलको स्वर रहेको छ भने एक हप्तामै भिडियोले चार लाख भ्युज पाएको छ।
  • मौसम हिमालिले निर्देशन गरेको भिडियोमा लम्साल र बद्री प्रसाद तिवारीको अभिनय रहेको छ।

काठमाडौँ । गायिका कला लम्सालले नयाँ गीत ‘अन्टी लभर’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । लम्सालले अघिल्ला गीतहरू भन्दा यसपटक दर्शकलाई फरक शैली र स्वाद पस्किएकी छिन् । 

यस गीतमा गायिका लम्साललाई आशिष अविरलले स्वरमा साथ दिएका छन् । कला लम्साल युट्युब च्यानलमा अपलोड गरिएको यस गीतले एक हप्ताभित्र चार लाख भ्युज पाएको छ । मौसम हिमालिले निर्देशन गरेको ‘अन्टी लभर’ म्युजिक भिडियोमा गायिका लम्साल र बद्री प्रसाद तिवारीको अभिनय देख्न सकिन्छ । 

लम्साल परम्परागत वेशभुषा र मौलिक संस्कृतिमा रमाउने गायिकाका रूपमा परिचित छिन् । नयाँ पुस्तालाई लक्षित गर्दै रमेश परियारले यस गीतको शब्द सिर्जना गरेका छन् भने सङ्गीत पनि परियारकै रहेको छ । 

नवराज उप्रेतीले सिनेमाटोग्राफी गरेको यस म्युजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप