झन्डै २ दर्जन अमेरिकी राज्यले ट्रम्प प्रशासनमाथि हाले मुद्दा
सारांश
- अमेरिकी राज्यहरूले ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेका छन्।
- यो मुद्दा स्न्याप कार्यक्रमका लाभार्थीहरूको व्यक्तिगत जानकारी माग्ने प्रशासनको निर्णयको विरोधमा हो।
- राज्यहरूले आप्रवासी विरोधी कार्यका लागि डेटा प्रयोग हुने डर व्यक्त गरेका छन्।
वासिङ्टन डीसी । अमेरिकाका २१ राज्यहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन विरुद्ध एउटा ठुलो कानुनी कदम चालेका छन् । यी राज्यहरूका महान्यायाधिवक्ताहरूले सोमबार प्रशासनमाथि संयुक्त मुद्दा दायर गरेका छन् ।
पूरक पोषण सहायता कार्यक्रम (स्न्याप)का लाभार्थीहरूको व्यक्तिगत जानकारी उपलब्ध गराउन भनेर अमेरिकी कृषि मन्त्रालय (यूएसडीए)लाई प्रशासनले गरेको मागको विरोध गर्दै यो मुद्दा हालिएको हो ।
मुद्दा सन फ्रान्सिस्कोको संघीय अदालतमा दायर भएको छ । यो डेटा निर्वासन जस्ता आप्रवासी विरोधी कार्यमा प्रयोग हुने डर यी राज्यहरूलाई छ । गोपनीयता र मानव अधिकार सङ्गठनहरूले पनि यो कदमलाई खतरनाक भनेका छन् ।
ट्रम्प प्रशासनले हालै यूएसडीएमार्फत सबै राज्यहरूलाई स्न्याप योजनाबाट लाभान्वित नागरिकहरूको जन्म मिति, ठेगाना र नागरिकता स्थिति जस्ता व्यक्तिगत डेटा उपलब्ध गराउन माग गरेको थियो ।
डेटा दिँदा यो कार्यक्रमको धोखाधडी र दुरुपयोगलाई रोक्ने मन्त्रालयको तर्क छ । तर धेरै राज्यहरूले यसको उद्देश्य आप्रवासी विरोधी कार्यलाई अझ बलियो बनाउनु हो कि भन्ने शङ्का गरिरहेका छन् ।
मान्छेको ज्यान बचाउने यो कार्यक्रमलाई गैरकानूनी रुपमा प्रयोग आप्रवासी र तिनको परिवार खोजी कार्यमा प्रयोग हुन नदिने न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिटिया जेम्सले सोमबार मुद्दाको घोषणा गर्दै बोलाइएको पत्रकार सम्मेलनमा भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाली पेटमा बान्ता हुनुको के हो कारण ?
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण