आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

भौतिक पूर्वाधार मन्त्री दाहालद्वारा स्याफ्रुबेसी–रसुवागढी सडककाे निरीक्षण

मङ्गलबार, १३ साउन २०८२, १५ : ४०
मङ्गलबार, १३ साउन २०८२

रसुवागढी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गल्छी–त्रिशुली–मैलुङ स्याफ्रुबेसी –रसुवागढी सडकको स्थलगत निरीक्षण गरेका छन् । 

मंगलबार मन्त्री दाहाल सहितको टोलीले नेपाल चीन सीमा स्थित बाढीले बगाएको मितेरी पुल सम्म निरीक्षण गरेको हो । 

त्यस क्रममा मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य  तीव्र पार्न निर्देशन दिएका छन् । नदीबाट हुने क्षति समेत नियन्त्रण तर्फ पनि ध्यान दिन उनले आग्रह गरे । 

यस्तै उनले चीन तर्फ रोकिएका नेपालीको अवस्था बारे पनि चासो राखेका थिए । रसुवाका प्रमुख जिल्ला अधिकारी  अर्जुन पौडेलले चिनिया पक्षसङ समन्वय गरी नेपालीहरू ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिएका छन् ।

मितेरी पुल निर्माणको कार्य चिनिया पक्षले छिटो अघि बढाउने सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी बताए ।यस्तै सुपरिटेण्डेन इन्जिनियर शुभराज न्यौपानेले सडक  अवरुद्ध हुन नदिने गरी निरन्तर मर्मतको काम भैरहेको जानकारी गराएका छन् ।

साथै चीनले आधिकारिक रूपमा बेलीब्रिज निर्माण थालेको र दसैँअघि सञ्चालनमा आउनेसमेत बताए ।‘चिनले बेलिब्रिज निर्माण थालिसकेको छ । दसैँ अघि सञ्चालनमा ल्याइन्छ,’ न्यौपानेले भने,‘दसैका लागि आवश्यक वस्तु आपूर्तिमा समस्या हुँदै छ । छिटै बेलिब्रिज सञ्चालनमा आउँछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप