राष्ट्रियसभामा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धि प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत
बुधबार, १४ साउन २०८२, १४ : ०३
सारांश
- राष्ट्रियसभाले 'नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्' प्रस्ताव स्वीकृत गर्यो।
- विकास आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तको प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भयो।
- प्रधानमन्त्री केपी शर्मा ओली छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन बैठकमा उपस्थित हुनुभयो, र नेपाल २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति हुनेछ।
काठमाडौँ । राष्ट्रियसभाबाट ‘नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ प्रस्ताव स्वीकृत भएको छ ।
राष्ट्रियसभाको विकास आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले राखेको प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो । अध्यक्ष नारायणप्रसाद दाहालले राखेको प्रस्तावलाई सबै सदस्यले समर्थन गरे ।
अहिले प्रतिवेदनमाथि छलफल भइरहेको छ । छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनेछन् । त्यसका लागि प्रधानमन्त्री ओली बैठकमा उपस्थित भइसकेका छन् ।
नेपाल सन २०२६ नोभेम्बर २४ मा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण