अपडेट
कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा शतप्रतिशत मत खस्यो
बुधबार, १४ साउन २०८२, १४ : ५५
सारांश
- बागमती प्रदेशको संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा शतप्रतिशत मत खसेको छ।
- हेटौँडामा भएको निर्वाचनमा मुख्यमन्त्री बहादुर सिंह लामा र सांसद इन्द्र बानियाँबीच प्रतिस्पर्धा भएको थियो।
- लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि रिक्त पदका लागि बुधबार निर्वाचन भएको हो।
काठमाडौँ । कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा शतप्रतिशत मत खसेकाे छ । हेटौँडास्थित कांग्रेस प्रदेश संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा सबै ३७ सांसदले मतदानमा भाग लिएका हुन् ।
संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र सांसद इन्द्र बानियाँबिच प्रतिस्पर्धा रहेको छ ।
लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि रिक्त पदमा बुधबार निर्वाचन भएको हो । जसमा लामाले फेरि उम्मेदवारी दिएका हुन् । निर्वाचनको नतिजा आजै केहीबेरमा सार्वजनिक हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
-
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
-
कारागारबाट फरार कैदीबन्दी पक्राउ
-
महामन्त्री पौडेलले टिचिङ अस्पताल पुगेर भेटे माजिद अन्सारी
-
पोखरामा ४० गाडीको प्रदूषण जाँच्दा १९ वटा फेल
-
नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ व्यापारीले भरियो, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण