चार वर्षकै उच्च विन्दुमा पुगेपछि ‘आत्तिए’ लगानीकर्ता, सेयर बजारमा ४८ अङ्कको गिरावट
काठमाडौँ । सेयर बजार चार वर्षअघिकै उच्च विन्दुमा पुगेको भन्ने हल्लापछि शेयर बजारमा लगानीकर्ता आत्तिएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) बुधबार ४७.९३ अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २९५४.५१ अङ्कमा झरेको छ । आज बजारमा १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार बजार परिसूचक ३००२.०७ अङ्कमा बन्द भएको थियो । बुधबार खुलेको बजार सुरु देखिनै घट्दो क्रममा रहेको थियो ।
अन्तमा बजार आधा शतकभन्दा तल झरेर बन्द भएको हो । आज बजारमा २३ कम्पनीको मूल्य बढेको छ भने २२६ कम्पनीको मूल्य घटेको छ ।
बजारमा म्युचुअल फण्ड र अन्य समूह बढ्नु बाहेक अरू सबै समूहमा उच्च गिरावट आएको छ । उच्च गिरावटका बाबजुद आज बजारमा कुनै पनि कम्पनीमा नकारात्मक सर्किट ब्रेकर भने लागेन । सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडले भने आज पनि सकारात्मक सर्किट लिएको छ ।
आज बजारमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट लगायतको कारोबार उच्च रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण