स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार थप पारदर्शी बनाउन कार्यविधि
सारांश
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउन कार्यविधि जारी गरे।
- नयाँ कार्यविधिले आर्थिक कारोबार र वित्तीय व्यवस्थापनलाई नियमअनुसार व्यवस्थित गर्नेछ।
- यसले बजेट व्यवस्थापन, बेरुजु समाधान, र कर्मचारीको जिम्मेवारी बढाउने लक्ष्य राखेको छ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय अन्तर्गत कार्यालयहरूको आर्थिक व्यवस्थापनलाई पारदर्शी तथा व्यवस्थित बनाउन कार्यविधि जारी गरेका छन् । कार्यविधिले मन्त्रालय तथा अन्तर्गत कार्यालयहरूको आर्थिक कारोबार तथा वित्तीय व्यवस्थापनलाई नियमअनुसार थप स्पष्ट तथा थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ ।
साथै मन्त्रालयमा आर्थिक मितव्ययिता तथा प्रणालीगत अनुशासनलाई कार्यविधिले थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ । बजेट तर्जुमा, रकमान्तर प्रक्रिया, खर्च नियन्त्रण, बेरुजु व्यवस्थापन, अन्तरसम्बन्ध तथा पारदर्शिता जस्ता विषयलाई कार्यविधिले समेटेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए ।
यस कार्यविधिले मन्त्रालयको आन्तरिक कार्यसम्पादन तथा अभिलेख प्रक्रियालाई प्रभावकारी बनाउने र कर्मचारीहरूलाई यसमा थप जिम्मेवार बनाउने समेत लक्ष्य राखेको छ ।
कार्यविधिले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा ध्यान दिनुपर्ने आधारहरू प्रस्ट गरेको छ । रकमान्तर गर्दा ख्याल गर्नुपर्ने विषयलाई समेत कार्यविधिमा थप प्रस्ट पार्ने प्रयास गरिएको छ । कार्यविधिले मन्त्रालय तथा मातहतका कार्यालयहरूमा देखिएको बेरुजु समस्या सम्बोधनमा समेत विशेष मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण