सात दिनभित्र जग्गाको विवरण बुझाउन देशभरका अस्पताललाई निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पताल, विभाग तथा स्वास्थ्य केन्द्रहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गाको यथार्थ विवरण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले पटक–पटकको निर्देशनपछि पनि केही निकायले विवरण नबुझाएपछि पुनः ताकेता गर्दै पत्र काटेको हो ।
मन्त्रालयले देशभरका २२ वटा स्वास्थ्य संस्थालाई पत्र पठाउँदै आफ्नो नाममा दर्ता भएको, दर्ता हुन बाँकी रहेको, जग्गाको हालको उपयोगको अवस्था र अन्य कुनै निकाय वा व्यक्तिलाई लिज वा उपयोग गर्न दिए/नदिएको स्पष्ट विवरण माग गरेको शाखा अधिकृत बद्रीराज ढकालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
यसअघि मन्त्रालयले २०८१ भदौ २६ गते नै पत्र पठाएर विवरण माग गरेको थियो । तर, कतिपय निकायबाट हालसम्म पनि पूर्ण विवरण प्राप्त नभएकाले पुनः ताकेता गर्नुपरेको मन्त्रालयले जनाएको छ ।
यी निकायसँग मागियो विवरण:
काठमाडौँका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, स्वास्थ्य सेवा विभाग, आयुर्वेद विभाग लगायत छन् ।
त्यसैगरी, उपत्यका बाहिरका भरतपुर अस्पताल (चितवन), नारायणी अस्पताल वीरगञ्ज, कोशी अस्पताल विराटनगर, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, भेरी अस्पताल नेपालगञ्ज, र डडेलधुरा अस्पताल जस्ता प्रमुख स्वास्थ्य संस्थाहरूलाई पनि पत्र पठाइएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण