बानियाँले प्रदेश प्रमुखलाई गराए दल नेता भएको जानकारी
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले आफू दलको नेता भएको जानकारी प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई जानकारी गराएका छन् ।
उनले बुधबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा पुगेर आफू दल नेता चुनिएको पत्र सहित जानकारी प्रदेश प्रमुख देवकोटालाई बुझाएका हुन् ।नेता बानियाँले बुधबार सम्पन्न निर्वाचनमा कुल ३५ मतमध्ये २२ मत प्राप्त गर्दै संसदीय दलको नेता पदमा निर्वाचित भएका थिए ।
कांग्रेस संसदीय दलको विधान २०७९ को धारा ५ को उपधारा (२) बमोजिम निर्वाचन गरिएको उक्त प्रक्रियामा बानियाँले कुल सदस्य सङ्ख्याको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेपछि उनी दलको नेता पदमा विजयी भएका थिए ।
मुख्यमन्त्री बहादुर सिंह लामाले सरकार विस्तारको तयारी गरेसँगै नेता बानियाँले प्रदेश प्रमुख देवकोटालाई पत्र पठाएका हुन् । कांग्रेस संसदीय अभ्यास अनुसार दल नेता नै मुख्यमन्त्री हुने प्रक्रिया रहेकाले नेता बानियाँले प्रदेश प्रमुख देवकोटालाई भेटेका हुन् ।
मुख्यमन्त्री लामाले आफूले गठबन्धनको सरकारको नेतृत्व गरेकाले तत्काल राजीनामा दिन नपर्ने बताउँदै बिहीबार दिउँसो १ बजे ३ जना मन्त्रीको शपथ ग्रहण कार्यक्रम राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण