मेस्सीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीको जित
सारांश
- लियोनल मेस्सीले एट्लस विरुद्धको खेलमा दुई गोलको अवसर सिर्जना गर्दै इन्टर मियामीलाई जिताए।
- मेस्सीले खेलको अन्तिम समयमा गरेको असिस्ट निर्णायक बन्यो, जसले मियामीलाई २-१ को जित दिलायो।
- मेस्सीले यसअघि ५८ औं मिनेटमा गोलका लागि असिस्ट गरेका थिए र जुलाईमा उनको असिस्टको संख्या पाँच पुग्यो।
मियामी । लियोनल मेस्सीले दुईवटा गोलको अवसर प्रदान गर्दै इन्टर मियामीलाई लिग्स कपको उद्घाटन खेलमा एट्लसलाई २-१ ले हराउन मद्दत गरेका छन्। मेस्सीले खेलको अन्तिम सेकेन्डमा गरेको असिस्ट निर्णायक बनेको थियो।
मेस्सी र उनका सहकर्मी जोर्डी अल्बाले मेजर लिग सकरको अल-स्टार खेल छोडेपछि एक खेलको निलम्बनमा परेका थिए। निलम्बनपछि उनको यो पहिलो खेल थियो। उनले अन्तिम मिनेटको स्टपेज टाइममा मार्सेलो विगान्टसँग तालमेल मिलाएर विजयी गोलका लागि पास उपलब्ध गराएका थिए।
यसअघि मेस्सीले नै ५८ औँ मिनेटमा टेलास्को सेगोभियाको गोलमा पनि असिस्ट गर्दै खेलको खाता खोलेको थियो।

तर, एट्लसका लागि रिभाल्डो लोजानोले ८२ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए। विगान्टको ९६ औँ मिनेटको गोलले मियामीलाई जित दिलायो। उक्त गोललाई सुरुमा अफसाइड घोषणा गरिए पनि पछि भीएआरद्वारा गोल दिइएको थियो।
यससँगै मेस्सीको जुलाईमा असिस्टको संख्या पाँच पुगेको छ। उनले यसअघि आठ गोल गर्दै मियामीलाई लिगका ४ खेलमा जित र १ बराबरी दिलाउनुका साथै १ हारको सामना गरेका थिए। यस प्रदर्शनका लागि उनलाई मेजर लिग सकरमा महिनाको उत्कृष्ट खेला८ घोषणा गरिएको थियो।
खेलको पहिलो हाफ दुवै टोलीका लागि अवसरहरूले भरिपूर्ण थियो, तर कसैले पनि गोल गर्न सकेनन्। मियामीका गोलकिपर रोक्को रिओस नोभोले पहिलो हाफमा तीन बचाउ गरे । लुइस सुआरेजले पहिलो हाफको अन्तिम प्रहारमा बललाई क्रसबारमा हानेका थिए।
यो खेलमा अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पलले इन्टर मियामीबाट डेब्यु गरे। मेस्सीका राष्ट्रिय टोलीका सहकर्मी डे पलले गत हप्ता मात्र क्लबसँग आधिकारिक रूपमा सम्झौता गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण