‘रियाल रिङ्गेट’लाई प्रिमियरमा कसले के भन्यो ?
सारांश
- शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म 'रियाल रिङ्गेट'को प्रिमियर बुधबार सम्पन्न भयो।
- फिल्मले विदेशमा रोजगारीका लागि गएका नेपालीहरूको पीडा र संघर्षलाई प्रस्तुत गरेको छ।
- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म हेर्दा देश दुखेको र राज्यले फर्किने वातावरण बनाउनुपर्ने बताए।
काठमाडौँ । शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘रियाल रिङ्गेट’को बुधबार साँझ प्रिमियर गरिएको छ । काठमाडौँमा आयोजित प्रिमियरमा फिल्म युनिट, कलाकार, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।
रोजगारीको खोजीमा विदेशीको कथामा निर्माण भएको फिल्मले उनीहरूको पीडा र सङ्घर्ष पनि पर्दामा प्रस्तुत गरेको छ । विभोर पोखरेल निर्देशित फिल्मले प्रिमिएरमा पनि धेरै मानिसलाई भावुक बनाएको छ । कतिले फिल्मले इराकमा बन्धक बनाई हत्या गरिएका १२ नेपालीको घटना समेत सम्झाएको बताए ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म हेर्दा देश दुख्ने बताए । ‘इराकमा १२ नेपाली मारिएको दिन म स्टेज कार्यक्रममा थिएँ, त्यो पीडा दर्शकहरूलाई देखाउन सकेको थिइन । ‘रियाल रिङ्गेट’ हेर्दा त्यो दिन सम्झिएँ’, उनले भने ‘राज्यले जाने ढोका मात्र खोल्ने होइन, फर्कने ढोका पनि खोल्नुपर्छ, देशमै फर्किने वातावरण बनाउनुपर्छ, नत्र लाखौँ नेपाली अझै पनि विदेश जान बाध्य भइरहनेछन् र फर्किने छैनन् ।’
_I3ZVBi9sXr.jpg)
गायक प्रेमराजा महतले धेरैपछि नेपाली फिल्म हेरेका थिए । कथा, अभिनय, सङ्गीत सबै उत्कृष्ट भएको उनले बताउदै भने, ‘राजनीतिज्ञहरूले पनि यो फिल्म हेर्नुपर्छ, यसले देशको वास्तविक अवस्था बुझ्न सहयोग पुर्याउँछ ।’
_XiTkHtEiUQ.jpg)
गगनलाल प्रधान निर्माता रहेको फिल्ममा प्रमोद चौलागाईं, निता ढुङ्गाना , छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत दर्जनौँ कलाकारको अभिनय छ ।
_aeM1Zi1ZGh.jpg)
फिल्म भारतको राजस्थान, चितवन, काठमाडौँ र लेटाङमा छायाङ्कन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण