हामी सक्छौँ भन्ने भावका साथ लागौँ नेपाल बन्छ : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उद्यमीहरूले समृद्ध नेपाल बनाउन योगदान दिने बताए।
- उनले विकसित देशको भविष्यप्रति आशावादी भएर काम गर्नुपर्नेमा जोड दिए।
- प्रधानमन्त्रीले कार्यक्रममा नेपाली उद्यमीका उत्पादन स्टलको अवलोकन गरे।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भविष्यलाई परित्याग गरिएमा केही पनि बाँकी नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौँ भन्ने भावका साथ लाग्नुपर्नेमा जोड दिए ।
‘हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नति हुँदैछौँ । त्यसपछि विकसित मुलुकमा पुग्नेछौँ । हाम्रो देश अरूले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादन वृद्धिमा लाग्न सक्नेछौँ ’ प्रधानमन्त्री ओलीले भने, ‘हामी सबै लागेमा वि क्यान डु.... नेपाल बन्छ।’
कार्यक्रममा नेपाली उद्यमीका विविध उत्पादन स्टलको प्रधानमन्त्रीले अवलोकन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण