यल पञ्चदानको अवसरमा विहारबाट निकालिए बुद्धका मूर्ति (तस्बिरहरू)
सारांश
- पाटनमा बुद्धहरूको यल पञ्चदान पर्व सुरु भएको छ, जसमा दीपंकर बुद्धका पाँच मूर्तिहरूलाई नगर परिक्रमा गराइन्छ।
- यो पर्व काठमाडौं, भक्तपुर, ठिमी, बनेपा, पनौती र कीर्तिपुरमा पनि मनाइन्छ, जसले दानको महत्त्व दर्शाउँछ।
- पञ्चदानको अर्थ 'पुण्य दान' हो, र नेवार समुदायले खीर बनाएर बुद्धलाई चढाउने चलन छ।
काठमाडौँ । पाटनका बुद्धहरू आफ्नो बिहारबाट निस्किएका छन् । यल पञ्चदान भनिने यो पर्वमा बौद्ध धर्मावलम्वीहरूले दीपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ ।
आजको दिन पाटनमा मनाउने बाहेक भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौँ भक्तपुर, ठिमी, बनेपा, पनौती र कीर्तिपुर आदि ठाउँहरूमा यो पर्व मनाइन्छ । यस पर्वले बौद्ध दर्शनमा अत्यन्त पवित्र मानिएको दानको महत्त्व दर्साएको छ। बौद्धमार्गीहरूले आर्जन गरेको धन वा आयको केही अंश दानका लागि राख्ने र आजको पर्वमा दान गर्ने प्रचलन रहँदै आएको छ । यसरी आजको दिन दिपंकर बुद्धले पाटनमा दान लिएको सम्झनामा यो पर्व मनाउने चलन चलेको भनिन्छ।
_z6iqeoyepQ.jpg)
यस पर्वमा बौद्ध मार्गी नेवारहरूले पञ्चदानको महिमा मनन गर्दै दिपंकर बुद्धको भव्य पूजा गर्ने गर्छन्। सामान्य अर्थमा पञ्चदानको अर्थ पाँच वस्तुको दान हुने भएता पनि त्यसो नभई नेपाल भाषामा पञ्जरा भनिने पञ्च दानको अर्थ ‘पुण्य दान’ हुने गर्छ ।
_K70PtLBbcw.jpg)
नेपाल भाषा अनुसार पञ्जराको अर्थ खीर हुने भएकाले आजको दिन नेवार समुदायले खीर पकाई बुद्धलाई चढाउने चलन समेत रहेको छ । यही महिनामा सम्पूर्ण नेपालीहरू माझ असारको धान रोपाई सकिएपछि साउन १५ को दिन खीर खाने चलन रहेको छ। यसरी घरमा पाकेको खीर दानको रूपमा बाहेक घर परिवार, नाता गोता, इस्ट मित्र सबैलाई खुवाउने चलन पनि रहेको छ ।
_egHQc6OIlV.jpg)
_e5PVt1r6gw.jpg)
_baJCspPXBO.jpg)
_mHcVClOK0N.jpg)
_aGwUVWJl0o.jpg)
_xQrPcdcSpz.jpg)
_W9bRhHuoWP.jpg)
_pU7nSxcTVw.jpg)
_0MJEv6XYjZ.jpg)
_GkJQemtoP9.jpg)
_gn22TMvu0s.jpg)
_emPU8mo6HK.jpg)
_uNp6YXdXgE.jpg)
_R5aoLE4Ryb.jpg)
_kswDI2UKm9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण